धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीयले सडकमा रोपाइँ गर्दै नाराबाजी गरेका छन्। धनगढी उपमहानगरले ३ वर्षसम्म पनि ३ सय मिटर सडक कालोपत्रे नगरेर अलपत्र छोडेको भन्दै स्थानीयले हिलाम्मे सडकमा धान रोपेका हुन्। पुरानो हसनपुरदेखि शिवनगर जाने त्यो सडकको लम्बाई ३ सय मिटर मात्रै रहेको बताइएको छ। हिलाम्मे सडकमा दिनदिनै आवतजावत गर्दा लडेर दुःख पाउनु परेको गुनासो गरिएको छ। फोटोः नारायण अवस्थी