गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नवौं राष्ट्रिय महाधिवेशनमा स्याङ्गजा भिरकोट -८ सिरुखर्का निवासी टेक बहादुर नेपाली (गैह्रे)ले खुल्ला सदस्य पदमा उम्मेदवारी घोषण गरेका छ्न ।

सन २००५ देखि कतारलाई कर्मभुमी बनाइ रहिआएका साथै स्याङ्गजा सहयोग समाज कतारका वर्तमान सचिव समेत रहेका (गैह्रे) द्वारा गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालका लागि खुल्ला सदस्यको लागी उम्मेदवारी दिएका हुन ।

परिषद कतारले १९-२१ कार्यकालमा पर्यटन प्रबर्द्धनको निम्ति गठन गरिएको उपसमिती सदस्यमा रहि काम गरेका गैरेले केही अनुभव बटुल्दै यो पाली खुल्ला सदस्य तर्फको उम्मेदवारी दिएका बताएका छ्न ।

आफ्नो उम्मेद्बारी घोषण गर्दै गैरेले नेपाली समाजको लागि र नेपाली श्रमिकको हितको निम्ति केही गर्नुपर्छ भन्ने उदेश्य लिएर उम्मेद्बारी दिएको बताउदै एन.सी.सी. कतारका सम्पुर्ण पार्षद सदस्यहरु साथै कतारमा स्थापित सामाजिक संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरुमा भोटको निम्ति हार्दिक अपिल समेत गरेका छ्न ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ महाधिवेशनको लागी आईसिसि ९ सहित ५५ जना आकाङ्क्षीहरूले मनोनयन दर्ता गराएका छ्न ।

सङ्घको निर्वाचन ९ जुलाई तथा नवौँ महाधिवेशन १६ जुलाई २०२१ मा सम्पन्न हुदैछ ।