पोखरामा ६ वर्षीया बालिकालाई करणी गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् ।
कास्कीकाे पाेखरा महानगरपालिका १३ कसेरी खहरेकी ६ वर्षीया बालिकालाई घरमा काेही नभएकाे समयमा ललाइ फकाइ धम्काएर जबरजस्ती करणी गरेकाे अभियाेगमा २३ वर्षीय विशाल परियार पक्राउ परेका छन् । परियारलाई वडा प्रहरी कार्यालय रामबजार पाेखराले बिहीबार पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार साेही ठाँउमा विगत ८ / १० वर्षदेखि अर्काकाे घरमा भाडामा बस्दै आएका मिस्त्री काम गर्ने परियारले बालिकालाई पटक पटक ललाइ फकाइ धम्क्याउने गरेका थिए ।
बालिकाकाे घरमा काेही नभएकाे समयमा काेठा बन्द गरेर दुर्व्यवहार गरेकाे देखेपछि परिवारकाे सदस्यले खबर गरेकाे आर्वा कसेरी टाेल विकास संस्थाका अध्यक्ष भवसागर बरालले बताउनुभयो ।
उनलाई जवरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय पाेखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएकाे छ ।