दमौलीः तनहुँकी सञ्चारकर्मी रुपा सुनार जातीय विभेदको सिकार भएकी छन् । राजधानीमा टेलिभिजन तथा अनलाईनमा क्रियाशिल सञ्चारकर्मी सुनार कोठा खोज्नका लागि गएका बेला पहिले हुन्छ भनेका घरबेटीले पछि जातको कुरा थाहा पाए पछि हुन्न भनेको विषय अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

मंगलबारको घटनाका बारेमा उनले सामाजिक सञ्जालमा भिडियो राख्दै जातकै आधारमा कोठा नदिइएको भनेकी छन् । ‘साथीले कोठा छ भने पछि गएको घरबेटीले पहिले हुन्छ भन्नुभयो,’ उनले भिडियोमा भनेकी छन्,‘तर जात सोध्दा कामीकी छोरी भने पछि हुन्न भन्नुभएछ ।’

साथीले कोठा खाली छ भनेर गएको तर शुरुमा सबै कुरा गर्दा मिले पनि पछि जातकै आधारमा घरबेटीले नदिएको घटनाले आफूलाई दुखी बनाएको उनले भनेकी छन् ।

विभिन्न राष्ट्रिय सञ्चारमाध्यम समेतमा यो विषय सार्वजनिक भए पछि अहिले उनको समर्थनमा सामाजिक सञ्जालमा अभियन्ताहरुले लेखेका छन् । सञ्चारकर्मी रुपाले यस विषयमा कानुनी कारबाही अघि बढाउने बताएकी छन् ।