नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले जिल्लाको बाढी प्रभावित क्षेत्रका स्थलगत निरीक्षण गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावल सहितको टोलीले पश्चिम चितवनको मंगलपुर,शिवघाट,सुन्दरबस्ती,केउरनी,गाँजीपुर र मेघौली क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

पार्टीले प्रभावित वडाका कमिटीहरुलाई उद्धार कार्यमा जुट्न निर्देशन दिएको छ । साथै आवश्यक राहत सामाग्री उपलब्ध गराउन समेत पार्टीले संयोजनकारी भूमिका निर्वाहन गर्ने अध्यक्ष रावलले बताउनुभयो ।

पार्टीले जिल्ला विपत् व्यवस्थापन समितिलाई सक्रिय र चनाखो भई लाग्न अनुरोध गर्दै स्थानिय सरकार,प्रदेश सरकार र केन्द्र सरकारलाई तत्काल राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने जनाएको छ ।

सो अवसरमा संघिय सांसद कृष्णभक्त पोखरेल,प्रदेश सांसद कृष्ण भुर्तेल,एमाले महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य प्रकाश भट्ट,अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश आचार्य लगायतको सहभागिता रहेको थियो ।