काठमाडौं । नेपाली सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै ५१ कम्पनीमा चलखेल गर्दै मूल्य बढाइएको जनाएपछि आज नेप्सेमा भारि अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५२ अंकले घटेर परिसूचक २९६९.७२ को बिन्दुमा बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से परिसूचक ७८ विन्दुसम्म घटेको थियो भने न्यूनतम विन्दुबाट २६ अंक रिकभर भएर अन्तत २९६९.७२ कायम भयो।

आज लघुवित्त बाहेक सबै क्षेत्र राताम्य छ। यसदिन सबैभन्दा धेरै सिडिइबि हाइड्रो र एफआईएमडिबिएल लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन्। यी हुन आज कमाउने १० कम्पनी

आज १७ कम्पनीको सेयर मूल्यमा भारि गिरावट आएको छ। यी हुन आजै सबैभन्दा धेरै गुमाउनी कम्पनीका