काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीको नाम सार्वजनिक गर्दै ती कम्पनीमा लगानी गर्नु जोखिम हुने बताएको छ।
बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ। हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ।
सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो।
अध्ययनमा सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभएको बोर्डले जनाएको छ । बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पनि बुझाएको छ।
सेयर मूल्यमा उच्च वृद्धि हुनुमा लकडाउनका कारण अर्थतन्त्रकाका अन्य क्षेत्र ठप्प भएको, अनलाइनबाटै कारोबार गर्न सकिने, ब्याजदर घटेको, रेमिट्यान्स बढेको लगायत कारण पनि जनाइएको छ।