गत सोमबार अधिकतम ४२ अंकले बढेर हालसम्म उच्च विन्दु (तीन हजार) माथि पुगेको नेप्से परिसूचकमा मंगलबार सामान्य करेक्सन आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.१० विन्दुमा झरेको हो ।

यद्यपि, आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने धनात्मक भएका छन् । नेप्सेका अनुसार यस दिन समग्र इन्डेक्स ३.७२ अंकले गर्दैगर्दा यता, सेन्सेटिभ इन्डेक्स भने झिनो ०.२५ अंकले स्तरोन्नती हुँदै ५५०.२६ विन्दुमा पुगेको हो ।

आज कुल २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर १ लाख ६४ हजार ७९० पटक किनबेच हुँदा कुल १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड, लगानी र अन्य समूह बाहेका सबै समूहहरु ऋणात्मक रहेका छन् ।