तपाई कर्जा लिएर घर बनाउँदै हुनुहुन्छ ? अर्थात ‘होमलोन’ चाहानुहुन्छ ? अहिले मुलुकका सबै जसो बैंकबित्त संस्थाले ‘होमलोन’ प्रदान गर्दछन् ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आवास किन्न वा बनाउन, घर बनाउनका लागि जग्गा खरिद गर्न, घर एक्सपान्सन गर्न विभिन्न सुविधासहित घर कर्जा उपलब्ध गराउँछ।

बैंकहरुले तपाईंको धितो मुल्यांकन कस्तो कुनठाउँमा कति भ्यालु रहेको प्रपर्टी हो त्यसको मूख्य आधार लिन्छ । त्यसपछि मात्र बैंक तयार भएको जनाउ दिन्छ । होमलोनका जस्तो सुकै प्लान बैंकले ल्याएपनि तपाई धितो उचित नलागेसम्म बैंकले तपाईलाई जनाउ घण्टी दिदैन ।

त्यो पनि धितो मूल्याङ्कनको ५० देखि ७० प्रतिशतसम्म घरकर्जा उपलब्ध गराउँछन । यो कर्जा अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म पाइन्छ । बैंकले पनि कर्जा उपलब्ध गराउँदा राष्ट्रबैकको सीमा भित्र रहेर उपलब्ध गराउँछ । कतिपयले निश्चित व्याजदरमा कर्जा उपलब्ध गराउँछन् भने कतिपय संस्थाले समयानुसार ब्याजदर परिवर्तन गर्दा तपाईले मासिक तिरिरहेको रकममा बढि पर्न जान्छ ।

घरकर्जा शिर्षकमा बैंकले ऋण दिन्छन् । घर खरिद गर्न वा बनाउन मात्रै होइन, भविष्यमा घर बनाउने उद्देश्यले खरिद गर्न लागेको जग्गामा पनि बैंकले घरकर्जा शिर्षकमै ऋण उपलब्ध गराइरहेका छन् । नेपालमा उत्पादन मुलक शीर्षमा बरु बैंकले लगानी गर्न आनकानी गर्छ । तर, घर गाडी कर्जा मा बढि सहज महसुस गर्दछन् ।

नेपालमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनी गरि चारप्रकारका वित्तीय संस्थाहरु छन् । अर्को सहकारी ले पनि विभिन्न शिर्षकमा ऋण प्रवाह गरिरहेका छन् ।

राष्ट्र बैंकका अनुसार नेपालमा कमर्शियल, डेभलपमेन्ट र फाइनान्स कम्पनीले घरकर्जा दिन पाउँछन् । लघुवित्त कम्पनीले घरकर्जा दिन पाउँदैन । तर, नेपालमा सहकारीहरुले पनि घरकर्जामा लगानी गरिरहेका छन् । सहकारीहरुको नियमन राष्ट्र बैंकको कार्यक्षेत्रभित्र राखेको छैन । सहकारी बोर्ड अन्तर्गत छन् ।

घर कर्जा दिन सक्ने ३ प्रकारका वित्तिय संस्थाहरुमा वित्तीय संस्थाको वर्ग अनुसार ब्याजदर र स्किम पनि फरक छन् ।

वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । विकास बैंकको हकमा १–२ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ३–४ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ ।मूख्य त एउटै बर्गबीचको कर्जा पनि फरक परक हुन्छन् ।

यी सबै बैंकहरुको ‘कस्ट अफ फन्ड’ र ‘बेस रेट’मा निर्भर गर्छ । बैंकको ‘कस्ट अफ फन्ड’ कम हुने वित्तिकै बेस रेट कम भइहाल्छ । बेस रेट कम भएपछि ब्याजदर पनि कम गरेका हुन्छन् ।

सरकारी स्तरका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकको ‘कस्ट अफ फण्ड’ निजी बैंकहरुको तुलनामा कम हुन्छ । यी बैंकहरुको कस्ट अफ फन्ड कम भएपछि बेस रेट पनि कम भइहाल्यो । बेस रेट कम भएपछि यी बैंकको ब्याजजर पनि कम हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंकको व्याजदर तुलनात्मक रुपमा कम हुन्छ । उनीहरु कम रेटमा घरकर्जा प्रस्ताव गर्न सक्छन् ।

मध्यम खालका बैंकहरुको ब्याजदर अलि बढि हुन्छ । भर्खरै उदाउँदै गरेका बैंकको ब्याजदर सबैभन्दा बढी हुन्छ । घर कर्जा लिनुभन्दा अघि कुन बैंकको कर्जा स्किम र भोलि त्यसको सुविधा सहजता र आवश्यकता कस्तो हुन्छ । आफूले छनोट गर्नुपर्छ । आफ्नो व्यवसाय उद्योग कस्तो प्रकारको हो ? मासिक वार्षिक आम्दानी कसरी प्राप्त भइरहेको छ । यसको अवस्था करिब १० वर्ष पछि कस्तो हुन्छ । अनुमान गरी कर्जा लिनतर्फ लाग्नु उपयुक्त हुन्छ ।

बैंकले तपाईंलाई कति ऋण दिने भन्ने कुरा तपाईंले ईएमआई तिर्न सक्ने क्षमतामा देखेको हुन्छ । तपाईंको मासिक आम्दानीको ५० प्रतिशत ईएमआई तिर्ने गरिमात्र ऋण लिदा राम्रो हुन्छ । जस्तै तपाई २ लाख कमाउनुहुन्छ भने, १ लाख रुपैयाँ ईएमआई तिर्ने गरि ऋण पाउन सकिन्छ । यदि पहिलो पटक घरकर्जा लिँदै हो भने, आम्दानीको ६० प्रशितसम्म ईएमआई तिर्ने गरि ऋण लिन सकिन्छ ।

बैंकले यत्तिकै  ऋण उपलब्ध गराउँदैन  । पहिलो त धितो हेर्छन् तपाईले नतिरेको खण्डमा वा तिर्न नसके कसरी असुल्न सक्छ त्यहाँ बैंकको ध्यान हुन्छ । दोस्रो कुरा  समयमै बैंकको ऋण चुक्ता गर्ने तपाईको सामथ्र्य के हो ? स्टाटस हेर्छन् । यसर्थ तपाईको कमाई जति धेरै छ त्यति धेरै कर्जा पाउने सम्भावना हुन्छ ।  तपाईको आम्दानी र धितो सबल पक्ष भएपछि बैंकहरुले कफि खुवाएर आँखा चिम्लेर कर्जा उपलब्ध गराउँछन् ।

त्यस्तै, अर्को पक्ष घरकर्जा कति अवधिको लिने हो ? र कस्तो व्याजदर छ ? तपाईको सामथ्र्यले त्यो व्यवस्थापन कसरी गर्छ भन्ने कुरा पनि निर्भर हुन्छ ।  यो सँगै तपाईको जागिर खाने संस्थाको रेपुटेसन, वा व्यवसायको ब्राण्ड उमेर र सेवा अवधिहरुलाई पनि बैंकले ध्यान दिएको हुन्छ ।

घरकर्जा लिँदा आम्दानीको वार्षिक करचुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था छ । तर, पहिलो पटक घरकर्जा लिने ग्राहकलाई भने करचुक्ता प्रमाणपत्र अनिवार्य छैन । फस्टहोम बायरले कर दाखिला गरेको भौचर बुझाए पुग्ने भनेको छ ।

ऋण लिँदै हुनुहुन्छ भने तपाईले यी कागजातहरु पेश गर्नुपर्ने हुन्छ 

१. कर्जा लिने व्यक्तिको नागरीकता

२. पासपोर्ट साइजको फोटो,

३. ऋण लिने ब्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोत सम्बन्धी विवरणहरु,

४. वर्षिक आम्दानीको कर तिरेको करचुक्ता प्रमाणपत्र

५. आयस्रोत डकुमेन्ट (तलव, व्यवसायको अडिट रिपोर्ट, घरभाडा)

६. व्यवसाय दर्ता प्रमाणपत्र

७. बैंकबाट कर्जा लिनको लागि राखिने धितो (पोपर्टी) को चार किल्ला प्रमाणित भएको लालपुर्जा,

८. सम्पत्तिको बाटो खुल्ने कागजात,

९. ऋण लिने व्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोत सम्बन्धी विवरणहरु,

१०. सम्पत्तिको कर तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ)

११. जग्गाको ब्लु प्रिन्ट, ट्रेस

१२. धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजत पत्र

१३. घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र

१४. कानूनी रुपमा दर्ता भएका संघसंस्थाहरुमा काम गरिरहेका कर्मचारी वा तलबी व्यक्ति भएमा उनीहरुको तलब सम्बन्धि कागजात, घर भाडा मार्फत आम्दानी गर्नेहरुको हकमा घरभाडाको सम्झौतापत्र र भाडा आउने घरको लालपुर्जाको प्रमाणपत्र

१५. बैदेशीक रोजगारीबाट आम्दानी गर्नेको हकमा भिसा लागेको पासपोर्टको प्रमाण, तलबी कागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात ।

१६ बैंकको नीति अनुसार अन्य कागजपत्र

१७. जमानीकर्ताले प्रस्तुत गर्नुपर्ने कागजातहरु

१८. व्यक्तिगत सम्पत्ति र दायित्व बिबरण

१९. नागरिकता वा पासपोर्ट

२०. निवास प्रमाण

२१. जमानत बस्ने व्यक्तिको काम गर्ने ठाउँको ठेगाना र बिबरण

२२. करचुक्ता प्रमाणपत्र

२३. बैंक स्टेटमेन्ट