कञ्चनपुर: कञ्चनपुर प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पुरुषलाई सार्वजनिक गरेको छ।  पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ गुलरिया बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेका छन्।  प्रहरीका अनुसार उनले स्थानीय ११ वर्षीया बालिकालाई फकाएर बलात्कार गरेको भन्दै उजुरी परेको थियो। उजुरीपछि गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।  पक्राउ परेका गुरुङमाथि अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।