कैलालीका किसान सिँचाइका लागि कुलामा पानी ल्याउन बेगारीजान थालेका छन् । धान रोप्ने समयमा खेतमा सिँचाइ सुविधा पुग्न नसकेपछि किसानहरु खेत रोप्न छोडेर कुलामा बेगारी जान थालेका हुन् । यतिखेर कैलालीको टीकापुरका ९ गाउँका किसान जैविक तटबन्ध कार्यमा जुटेका छन् । जमराको ज्ञानी कुलाकानयाँ मुहानमा इन्टेक निर्माण नहुँदा किसानहरु धान रोप्न छोडेर ४ दिनदेखि कुलाका पुराना मुहानमा पानी ल्याउन स्याउला, कट्टा र जाली लिएर जैविक बाँध बनाउन थालेका छन् ।
‘‘कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ सुविधाका लागि इन्टेक निर्माण जस्ता कार्यमा सहयोग गरिरहेको छ । ज्ञानी कुलाका मुहानमा निर्माण सम्पन्न हुन सकेको छैन’’, टीकापुर बनगाँउका किसान जीतबहादुर चौधरीले भन्नुभयो, ‘‘खेत रोप्ने समयमा खेतमा पानी नआएपछि किसान यतिखेर रोपाइ छोडेर पुरानो मुहानमा तटबन्ध निर्माण गरी खेतसम्म पानी ल्याउने जोहो गर्न थालेका छन् ।’’
सिँचाइ कुलाहरुमा पानी नहुँदा केही किसानहरु मोटरले सिँचाइ गरी धान रोप्न थालेका छन् । धेरै किसानलेप्रर्याप्त पानी नहुँदा रोपाइ नै शुरु गरेका छैनन् । जमरा कुला र ज्ञानी कुलाबाट सिँचाइ गर्ने किसानका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ज्ञानी कुलाको पुरानो मुहानदेखि करिब ३ किलोमिटर माथि लायकपुर शिविरमा नयाँ इन्टेक सहितको मुहानमार्फत पानी दिने भनिएको थियो । तर खेती गर्ने समय आउँदासम्म काम नहुँदा किसानहरु अहिले दुःख पाइरहेको बनगाँउका बडघर धनीराम चौधरीबताउहुन्छ । ‘‘आयोजनाले यस वर्ष खेती गर्ने समयमा पानी आउँछ भनेको थियो । त्यसैले किसान ढुक्कले बसेँ तर समयमै सकिएन’’, बडघर धनीरामले भन्नुभयो, ‘‘पानी नआएपछि अहिले हामी अस्याथी तटबन्ध निर्माणमा खट्नुपरेको हो ।’’
जमरा र ज्ञानी कुलाको पानी यस क्षेत्रका बनगाँउ, बाघमारा, घिया पुच्छरी, भगवानपुर, रामपुर कटानपुर लगायत ९ गाउँका किसानले प्रयोग गर्ने गरेका छन् । कुलामा पानी भए खेती गर्ने र नहुँदा खेतीमा ढिलाई हुने समस्या यहाँका किसानले भोग्नुपर्छ । असार लाग्नै लाग्दा किसानले पानीको लागि मुहानमा धाउनुपर्ने बाध्यता आयोजनाको लापरवाहीले सिर्जना भएको बड्घर चौधरीको आरोप छ । ‘‘समयमा निर्माण सम्पन्न नहुँदा अहिले हामीलाई दुःख भयो, समयमै जानकारी पाएको भए हामी तटबन्ध निर्माणको काम जेठमै ग¥थ्यौँ’’, बडघर चौधरीले भन्नुभयो ।
वर्षादको समयमा सिँचाइ अभाव हुँदा सबै किसानलाई मर्का पर्ने भएकाले तत्काल जैविक अस्थायी बाँध बनाइ धान रोप्ने योजना बनाएको अर्का बडघर कविराज घर्तीमगरले बताउनुभयो । ‘‘सबै गाउँका बडघर र किसान बसेर सल्लाह ग¥यौँ, विकल्पका रुपमा तटबन्ध निर्माण गरी पानी खेतसम्म पुगाउन सकिने भएकाले यही काममा जुट्यौँ’’, उहाँले भन्नुभयो, ‘‘४०० किसान यतिखेर तटबन्ध बनाउन मुहानमा खटेका छौँ ।’’
किसानलाई आवश्यक जाली र कट्टा आयोजनाले उपलब्ध गराएको छ । पानीको जोहो नभए रोपाई गर्न नसकिने भएकाले कोरोना संक्रमणको जोखिममा पनि किसान नदीको मुहानमा जम्मा भएका हुन् । ‘‘हाम्रो वाध्यता हो । ४०० बढी किसान यतिखेर पानी खेतसम्म लैजानका लागि नदीका मुहानमा जम्मा भएर काम थालेका छौँ’’, घर्तीमगर भन्नुहुन्छ, ‘‘यतिखेर खेत नरोपे पछि भोकमरी हुन्छ त्यसैले यो गर्नु वाध्यता हो ।’’