टीकापुर अस्पताल गेटमा सञ्चालनमा ल्याइएको हेल्पडेस्क २८ दिनपछि बन्द गरिएको छ । कोरोनाको माहामारी उत्कर्षमा पुगेका बेला प्रयास युवा क्लवले जेठ ४ गते अस्पतालमा आउने बिरामी र सहयोगीलाई लक्षित गरी हेल्पडेस्क स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।
हेल्पडेस्कले अस्पताल प्रवेश गर्ने मानिसहरुलाई खानेपानी, मास्क र स्यानिटाइजर उपलब्ध गराउदै आएको थियो । कोरोना प्रभाव घटेको र अब आउने मानिसहरु सावधानीका साथ आउन लागेकाले हेल्पडेस्क बन्द गरिएको सञ्चालक संस्था प्रयास युवा क्लवका सल्लाहकार विक्रम शाहीले बताउनुभयो ।
दैनिक ३ समूहमा २/२ जनाका दरले खटिएका स्वयंसेवकले यस अवधिमा अस्पताल आउने मानिसलाई आठ सय पेटी पानी, दुई हजार पाँच सय थान मास्क, ३० लिटर सेनिटाइजर सहयोग गरेको संस्थाले जानकारी दिएको छ । क्लवले केही आफ्नै कोष र केही रकम मानवीय सहायता गर्ने दाताहरुको सहयोगबाट जुटाई हेल्प डेस्क सञ्चालनमा ल्याएको क्लवका सचिव विजय भाटले बताउनु भयो ।
संस्थाले यसै अवधिमा अलपत्र परेका व्यक्तिलाई उद्धार गरेको छ यसपछि केही विपन्न नागरिकलाई राहात वितरणको योजना बनाएको सल्लाहकार शाहीले बताउनुभयो । क्लवको आयोजनामा जेठ ३१ गते रक्तदान गरिएको छ त्यहाँ १० जना युवाले रक्तदान गरेका छन् ।