धनगढी: कैलाली प्रशासनले आजदेखि सबै पसलहरू निश्चित समय तोकेर खोल्न दिने भएको छ । निषेधाज्ञा खुकुलो पारी आजदेखि खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलोक्ट्रिनिक, भाडा वर्तन, पुस्तक पसललगायत पसल बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुनेछन् । यस्तै, वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ६ देखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । यस्तै होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा(खाना र खाजा लगेर जानुपर्ने) बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछन् । पसलहरू खोल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालन गराउनु पर्ने प्रशासनले जनाएको छ।