विभिन्न जिल्लामा गरिएको ९ हजार ४३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा कोरोना पुष्टि भएको हो।
यसैगरी, ५ हजार ३८१ एन्टिजेन परीक्षणमा ८६९ जनामा कोरोना संक्रमण देखिएको छ।
पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ।
आज देशभर थपिएका मध्ये उपत्यकामा ६ सय ७ जनामा संक्रमित छन।
काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका हुन।
मन्त्रालयका अुनसार सोही अवधिमा संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ।
त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन्।