एजेन्सी। बलिउडका चर्चित अभिनेता अजय देवगन र काजोलले मुम्बई स्थित एक आलिसान बंगला किनेका छन । भारतीय मिडिया रिपोर्टका अनुसार उनीहरुले मुम्बईको भीआईपी एरिया जुहूमा ६० करोड भारतीय रुपैयाँ अर्थात नेपाली ९६ करोडको घर खरिद गरेका हुन् ।

खरिद गरिएको नया घर पनि पुरानो घर शक्ति नजिकै रहेको छ । कोरोना संक्रमण संगै पुरै फिल्म इन्डस्ट्री ठप्प भएकै बेला उनीहरुले लगभग अर्ब रुपैयाको घर खरिद गरेका हुन् । ५९० स्क्वायर यार्ड अर्थात ५,३१० स्क्वायर फिट क्षेत्रफल रहेको घर केहि महिना अगाडी किन्ने फाइनल गरेका थिए ।

उक्त घर दिलाउने रियल स्टेटका अनुसार उक्त घरको खास मुल्य ६५-७० करोड भारतीय रुपैया भएको भए पनि कोरोना माहामारीको बेला उनीहरुले राम्रो मुल्य पाएका थिए । तर कोरोना महामारीको बीच घर खरिद गर्ने पहिलो व्यक्ति अजय भने हैनन् । यस अघि अभिनेत्री आलिया भट्ट, जान्भी कपुर, हृतिक रोशन र अमिताभ बच्चनले पनि घर खरिद गरेका थिए ।