टीकापुर अस्पतालमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट सेवा उपलब्ध हुने भएको छ । अस्पतालले २०७८ जेठ १८ गते डाक्टर सुवोध बाग्ले (काठमाडौं) लाई छनोट गरेको छ । तीन जनाले आवेदन दिएकोमा एक जना अन्तरवार्तामा अनुपस्थित रहेका र डाक्टर सीता पोखे्रललाई बैकल्पिकमा रहनुभएको टीकापुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईले जानकारी दिनुभयो ।
छनोट भएका डाक्टरलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ । टीकापुर अस्प्तालमा सात वटा भेन्टिलेटर, एनआइसीयू तयारी अवस्थामा भए पनि एनेस्थेसियोलोजिष्ट नहुदा सञ्चालनमा आउन सकेको छैन । यस्तै वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन भए पनि बेहोस पारेर शल्यक्रिया गर्नुपर्ने अवस्थामा बाहिर रेफर गर्नपर्ने अवस्था छ । प्रदेश सरकारबाट डाक्टर उपलब्ध नभएपछि जानकी गाउँपालिकाले तलव व्यहोर्ने गरी अस्पतालले एनेस्थेसियोलोजिष्ट भर्ना गर्न लागेको हो ।