सेती प्रादेशिक अस्पतालमा उपचारत थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, धनगढी वडा नम्बर २ का ६५ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर १२ का ४२ वर्षीय पुरुष र गोदावरी नगपालिका वडा नम्बर ४ का ३५ वर्षीय पुरुष को मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

पछिल्लो समय कैलाली जिल्लामा परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण देखिन थालेको छ भने ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।