बाजुरा : पीसविनले बाजुरा जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्ला अस्पताललाई कोरोना संक्रमण र जोखिम कम गर्न प्रयोग हुने स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।

जिल्ला अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएका कोरोना संक्रमितलाई खाना सहयोग गरिरहेको पीसविनले थप स्वास्थ्य सुरक्षा सामाग्री पनि सहयोग गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत थापाले बताएका छन् ।

महामारीको समयलाई पीसविनले कोरोना संक्रमितलाई खाना खुवाएर ठूलो सहयोग गरेकोमा अध्यक्ष थापाले धन्यवाद दिएका छन् । खानासँगै स्वास्थ्य सामाग्री सहीत सहयोग गरेको छ । पीसविनका तर्फबाट गमबहादुर विश्वकर्माले अध्यक्ष थापा र कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका हुन् ।

पीसविनले १ सय २० बोतल सेनिटाइजर, ३४ पोका मास्क, १८ वटा डिजिटल थर्मामिटर र ५ प्याकेट ग्लोव सहयोग गरिएको पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावलले बताएका छन् । अघिल्लो वर्षको कोरोना संक्रमणको बेला पीसविनले करिब ६० लाख बढीको राहत र स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

संकटमा सहयोग गरेको प्रति जिल्ला अस्पताल बाजुराले पीसविनलाई धन्यवाद दिएको छ । व्यवस्थापन समितिका तर्फबाट भरत थापा र कार्यालयका तर्फबाट प्रकाशराज जोशीले पीसविनको सहयोग प्रति धन्यवाद दिएका छन् ।