नेपाली काङ्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली लाई हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन पर्ने बिचार व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई प्रधानमन्त्री पदमा दाबी गर्नका लागि शुक्रवार साँझ ५ बजेसम्मको समय दिएपछि सांसद थापाको यस्तो प्रतिक्रिया आएको हो ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन । उनी भन्छन्

विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो
नेता गण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको होरुजानेर गरेको हो।
गनगन गरेर नबसौँ।सुझबुझ पुर्याउँ र
यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ,महाअभियोग लगाएर रापलाई बिदा गरौँ।