अक्सिजन बैंक स्थापना भएको १० दिनमा करिब १५ लाख रकम जम्मा भइसकेको छ ।
बर्दियामा जनस्तरमा स्थापना गरिएको अक्सिजन बैंकका लागी आर्थिक सहयोग जुट्न शुरु भएको छ । उद्योगी, समाजसेवी, संघसंस्था लगायत सरोकारवाला निकायको समन्वनयमा स्थापना गरिएको अक्सिजन बैकमा देश तथा विदेशबाट सहयोग आउन शुरु भएको हो ।
बर्दियामा स्थापना गरिएको अक्सिजन बैंकका लागी विभिन्न व्यक्ति तथा निकाय बाट आर्थिक सहयोग जुट्न थालेको हो । स्वदेश तथा विदेशमा रहेका बर्दियाका नागरिकहरु जिल्लामा देखिएको अक्सिजन अभावबाट मृत्युवरण गर्न नपरोस भनि आर्थिक सहयोग पठाउन थालेका हुन । स्थापना भएको १० दिनमा करिब १५ लाख रकम जम्मा भइसकेको छ ।
१४ वटा खाली अक्सिजन सिलिन्डरहरु जम्मा गरि सुरुवात गरिएको अभियानमा हालसम्म करिब ७० वटा सिलिन्डर अक्सिजन विभिन्न स्थानीय निकायको सिफारिस र जिल्ला प्रशासन कार्यालय बर्दियामा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा कोरोना अस्पतालमा पुर्‍याइएको अक्सिजन बैंक समन्वय समिति बर्दियाका संयोजक भेषराज पौडेलले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समिती बर्दियाको समन्वयमा संचालित यस बैंकले बर्दिया जिल्लाका कुनै पनि कोरोना अस्पताल र बर्दिया जिल्ला अस्पतालमा अक्सिजन कमी हुन नदिन यो समितिको उद्देश्य रहेको समेत पौडेलले भने।
यस समितिमा रहेको खाली अक्सिजन सिलिन्डरमा बाँके जिल्लामा अक्सिजन ग्यास भरेर ल्याउने क्रम जारी राखिएको छ र जिल्लाका कोरोना अस्पतालको सिफारिस अक्सिजन सिलिन्डर पुर्याउने गरिएको साथ यो समिति संचालन आए देखि हाल अक्सिजनको अभावले कुनैपनि विरामी बर्दियामा मृत्युवरण गर्न नपरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकित अधिकृत एवं सुचना अधिकारी नारायणप्रसाद ढकालले बताए।

बर्दियाका उद्योगी, व्यवसायिले गरेको यो कार्यलाई नागरिकले सराहना समेत गरेका छन । बर्दिया अक्सिजन बैंकले जिल्लामा अपुग अक्सिजन प्रदान गरेर एकदमै उदाहरणीय काम गरेकोले सम्पूर्ण समिति सम्मानको लायक रहेको बर्दिया जिल्ला अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले बताए। बर्दियामा अक्सिजन कमि हुन नदिन गरिएको यो सामाजिक कार्यलाई सबै बर्दियाका स्थानीय मिलेर सहयोग गर्नु पर्ने समेत पाण्डेले भने।
पाण्डेले बर्दिया जिल्लामा कोभिड विरामीका लागी कम्तिमा दैनिक २५ वटा सिलिण्डरलाई अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट जडान गर्न सके झनै अक्सिजनको अभाव सम्बोधन हुने जानकारी दिए।
पछिल्लो समय बर्दिया जिल्लामा कोरोनाका संक्रमितहरु बढ्दै गएपछि समुदाय स्तरमा व्यापक जाँचको अवश्यक रहेको छ ।