टीकापुर अस्पताललाई कोरोना उपचारमा सहयाेग पुग्ने स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ । कोरोना संक्रमणको दर फैलिदै गइरहेको अवस्थामा कोइकाको आर्थिक सहयोगमा आरसिआई र सेवक नेपालद्वारा सञ्चालित समुदाय स्वास्थ्य र शिक्षामा सुदृढिकरणका लागि पहल परियोजनाले समाग्री प्रदान गरेको हो ।
अस्पताललाई प्रदान गरिएको सामाग्रीमा एक सय सेट पीपीई, तीन सय वटा एन्टिजेन कीट, ५० ओटा अक्सिजन Ïलोमिटर र दश सेट नेबुलाइजर रहेका छन् । ती सामाग्री अाठ लाख १२ हजार ४ सय रुपैयाको रहेको सेवक नेपालले जनाएको छ ।
सेवक नेपाल धनगढीका परियोजना व्यवस्थापक भीमबहादुर साउँदले ती सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर रावल र अस्पतालका प्रमुख डाक्टर रेमकुमार राईलाई बुधबार हस्तान्तरण गर्नु भएको हो ।