ईलाका प्रहरी कार्यालय टीकापुर र मातहतका प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले सहयोग उठाएर ४० सिलिण्डर अक्सिजन भरेर टीकापुर अस्पताललाई उपलब्ध गराएका छन् । महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (COVID-19) बाट संक्रमित विरामीहरुको लागी अति आवश्यक पर्ने अक्सिजनको अभाव भैरहेको विपद्को टार्न प्रहरी कर्मचारीहरुले स्वत: स्फुर्त रुपमा ५२ हजार रुपैंया संकलन गरी त्यसैबाट अक्सिजन भरेको प्रहरीले जनाएकाे छ । अक्सिजन भरिएका सिलिण्डर ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपाने लगायत प्रहरी कर्मचारीहरुले टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल र टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीको उपस्थितीमा टीकापुर अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपकबहादुर रावललाई हस्तान्तरण गर्नु भएको छ । कोरोना संक्रमितलाई चाहिने अक्सिजन अभाव भएपछि मनकारी व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।