नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ८ हजार ६४ जनामा र एन्टिजेन परीक्षणमा १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ सय ४६ जना संक्रमितको मृत्यू भएको भने ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएका छन् ।

मंगलबार देशभर ८ हजार २ सय ३ जना संक्रमित थपिएका थिए भने ६ हजार ८ सय ९१ जना निको भएका थिए । यस्तै मृतकको संख्या १ सय ९६ जना रहेको थियो ।