काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि दोहोर्याएर सपथ लिन नपर्ने भएको छ ।

प्रधानमन्त्रीले सपथ ग्रहणका बेला ‘त्यो पर्दैन’ भन्ने शब्द भनेपछि सो विरुद्द सर्वोच्चमा रिट दायर भएको थियो।

सो रिट माथिको को सुनुवाई गर्दै आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरम आदेश जारी गर्न अस्वीकार गरेको छ।

शपथसम्बन्धी रिटमा सर्वोच्चले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग १५ दिनभित्र लिखित जवाफ भने पेश गर्न आदेश जारी गरेको छ।

सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो।