कमेडी शो ‘दि कपिल शर्मा शो’ मा काम गरेर चर्चा कमाएकी सुमोना चक्रावती यतिबेला बेरोजगार बनेकी छिन् । कोरोना संक्रमण बढेकोले भारतमा भएको लकडाउनले गर्दा उनी बेरोजगार बनेकी हुन् ।

इन्स्टाग्रामको माध्यमबाट उनले आफू लकडाउनको समयमा कामविहिन भएको बताएकी हुन् । साथै, उनले आफू १० बर्षदेखि एक गम्भिर रोगसँग लडिरहेको पनि उल्लेख गरेकी छिन् ।