काठमाडौँ । पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को असरले देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले आज दिनभर मौसममा बदली हुने र ठाउँठाउँमा वर्षाको सम्भावना रहेको छ ।

‘अहिले देशभर सामान्यदेखि पू्र्ण बदली रहेको छ । यो प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै गएको देखिन्छ। देशको पश्चिमका केही स्थानमा अहिले हल्का वर्षा भैरहेको छ,’ महाशाखाले भनेको छ।

आज दिउँसो देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातर वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू(भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातर वर्षाको सम्भावना छ।