गेरूवामा सोमबार १२ जना कोरोना संक्रमित निको भए सँगै गेरूवामा कोरोना निको हुनेको संख्या ६९ पुगेको छ । २७ महिला र ४२ पुरूष गरी ६९ जना निको भएका छन । यस्तै सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गेरूवामा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । गेरूवामा सक्रिय संक्रमितको संख्या ८६ जना रहेको र उनीहरू होम आइसोलेसनमा रहेका गेरूवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले जानकारी दिनुभयो । ६ जना संक्रमितलाई भने भेरी अस्पतालमा रिफर गरिएको र २ जना महिला र १ जना पुरूष गरि गेरूवामा ३ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । गेरूवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भण्डारीले कोभिड-१९ का लक्षण देखिने बित्तिकै लापरबाही नगरी परिक्षण गर्न सबैमा अनुरोध गर्नुभएको छ ।